२ पुष २०८२, बुधबार
,
Latest
खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्षीय ज्याकोबीको स्वर्ण सहित अमेरिका पहिलो स्थानमा



अ+ अ-

काठमाडौं । अमेरिकी राज्य अलास्काबाट ओलम्पिकमा छनोट हुने पहिलो अमेरिकी पौडीबाज लड्ली ज्याकोबीको स्वर्ण पदक सहित अमेरिकाले मङ्गलवारको पौडी स्पर्धामा राहतको महसुस गरेको छ । अमेरिकी पौडी टोली खराब अवस्थामा रही रहेको समयमा मङ्गलवार स्वर्ण पदक विहीन हुने सम्भावना देखिएको थियो । पुरुष २०० मिटर फ्रिस्टाइलमा बेलायतका टम डिउन र डुनाकट स्कटले स्वर्ण र रजत जिते पछि ब्राजिलका फर्नान्डो सेफरले कांस्य पदक जिते । 

महिला १०० मिटर ब्याकस्ट्रोकमा अस्ट्रेलियाकी केली म्याककोनले स्वर्ण तथा  क्यानडाकी केली मासले रजत पदक जिते । सो स्पर्धामा अमेरिकाकी रेगन स्मिथले कांस्य पदक  जितिन् । पुरुष १०० मिटर ब्याक स्ट्रोकमा रुस ओलम्पिक कमिटीका यागेनी राइलोभले स्वर्ण तथा सोही टोलीका क्लेमेन्ट केलेमेनेसोभले रजत पदक जिते । डिफेन्डीङ च्याम्पियन र्यान मर्फी कांस्य पदकमा सीमित भए ।

अन्तिम पदकको टुङ्गो लागेको महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा पनि  साबिक विजेता, विश्व च्याम्पियन तथा विश्व कीर्तिमान धारी अमेरिकाकी लिली किंग प्रस्ट दाबेदारको  रूपमा प्रतियोगितामा सहभागी भए पनि पहिलो चरण देखि नै अपेक्षाकृत कमजोर प्रदर्शन गरेकी थिइन् । मङ्गलवारको फाइनलमा उनी कांस्य पदकमा सीमित भइन् । पहिलो चरणमा ओलम्पिक कीर्तिमान कायम गरेकी दक्षिण अफ्रिकी टाटीयाना सोनमाकर सुरुवात देखि नै  अग्रता लीन सफल भए पछि अन्तिममा उनलाई १७ वर्षीय ज्योकोबीले उछिनेकी थिइन् । 
यो स्वर्ण पदक सहित अमेरिका पदक  तालीकामा शीर्ष स्थानमा उक्लेको छ । मङ्गलवार नै भएको टिम पेस्तोलमा चीनले स्वर्ण पदक जितेको छ । रुस ओलम्पिक कमिटीले रजत तथा युक्रेनले कांस्य पदक जिते । 

मङ्गलवार हुने अन्य यसै गरी महिला जिम्न्यास्टीकको टिम स्पर्धामा अमेरिका बलियो मानिए पनि अहिलेसम्म रुसी टोलीको अग्रता लिएको छ । सफ्टबलमा जापान र अमेरिका बिच फाइनल हुँदै  छ  । भारोत्तोलनका दुई स्पर्धामा नै चीनलाई बलियो मानिएको छ भने डाइभिङको एक स्पर्धामा पनि चीनलाई दाबेदार मानिएको छ । यसै गरी सुटिङको टिम राइफलमा पनि  चिन बलियो मानिएको छ । एक दिन अघि  शीर्ष स्थानमा रहेको  जापान मङ्गलवारको खेलको सप्तमीमा तेस्रो स्थानमा झर्ने सम्भावना प्रबल छ भने चीन र अमेरिका बिच नै शीर्ष स्थानमा रहने सम्भावना रहेको छ।