४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

१७ वर्षीय ज्याकोबीको स्वर्ण सहित अमेरिका पहिलो स्थानमा

१७ वर्षीय ज्याकोबीको स्वर्ण सहित अमेरिका पहिलो स्थानमा
अ+ अ-

काठमाडौं । अमेरिकी राज्य अलास्काबाट ओलम्पिकमा छनोट हुने पहिलो अमेरिकी पौडीबाज लड्ली ज्याकोबीको स्वर्ण पदक सहित अमेरिकाले मङ्गलवारको पौडी स्पर्धामा राहतको महसुस गरेको छ । अमेरिकी पौडी टोली खराब अवस्थामा रही रहेको समयमा मङ्गलवार स्वर्ण पदक विहीन हुने सम्भावना देखिएको थियो । पुरुष २०० मिटर फ्रिस्टाइलमा बेलायतका टम डिउन र डुनाकट स्कटले स्वर्ण र रजत जिते पछि ब्राजिलका फर्नान्डो सेफरले कांस्य पदक जिते । 

महिला १०० मिटर ब्याकस्ट्रोकमा अस्ट्रेलियाकी केली म्याककोनले स्वर्ण तथा  क्यानडाकी केली मासले रजत पदक जिते । सो स्पर्धामा अमेरिकाकी रेगन स्मिथले कांस्य पदक  जितिन् । पुरुष १०० मिटर ब्याक स्ट्रोकमा रुस ओलम्पिक कमिटीका यागेनी राइलोभले स्वर्ण तथा सोही टोलीका क्लेमेन्ट केलेमेनेसोभले रजत पदक जिते । डिफेन्डीङ च्याम्पियन र्यान मर्फी कांस्य पदकमा सीमित भए ।

अन्तिम पदकको टुङ्गो लागेको महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा पनि  साबिक विजेता, विश्व च्याम्पियन तथा विश्व कीर्तिमान धारी अमेरिकाकी लिली किंग प्रस्ट दाबेदारको  रूपमा प्रतियोगितामा सहभागी भए पनि पहिलो चरण देखि नै अपेक्षाकृत कमजोर प्रदर्शन गरेकी थिइन् । मङ्गलवारको फाइनलमा उनी कांस्य पदकमा सीमित भइन् । पहिलो चरणमा ओलम्पिक कीर्तिमान कायम गरेकी दक्षिण अफ्रिकी टाटीयाना सोनमाकर सुरुवात देखि नै  अग्रता लीन सफल भए पछि अन्तिममा उनलाई १७ वर्षीय ज्योकोबीले उछिनेकी थिइन् । 
यो स्वर्ण पदक सहित अमेरिका पदक  तालीकामा शीर्ष स्थानमा उक्लेको छ । मङ्गलवार नै भएको टिम पेस्तोलमा चीनले स्वर्ण पदक जितेको छ । रुस ओलम्पिक कमिटीले रजत तथा युक्रेनले कांस्य पदक जिते । 

मङ्गलवार हुने अन्य यसै गरी महिला जिम्न्यास्टीकको टिम स्पर्धामा अमेरिका बलियो मानिए पनि अहिलेसम्म रुसी टोलीको अग्रता लिएको छ । सफ्टबलमा जापान र अमेरिका बिच फाइनल हुँदै  छ  । भारोत्तोलनका दुई स्पर्धामा नै चीनलाई बलियो मानिएको छ भने डाइभिङको एक स्पर्धामा पनि चीनलाई दाबेदार मानिएको छ । यसै गरी सुटिङको टिम राइफलमा पनि  चिन बलियो मानिएको छ । एक दिन अघि  शीर्ष स्थानमा रहेको  जापान मङ्गलवारको खेलको सप्तमीमा तेस्रो स्थानमा झर्ने सम्भावना प्रबल छ भने चीन र अमेरिका बिच नै शीर्ष स्थानमा रहने सम्भावना रहेको छ।