३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुत्नुभन्दा अगाडी यसरी उमालेर खानुहोस् केरा, यी समस्याका लागि फाइदाजनक सावित !

सुत्नुभन्दा अगाडी  यसरी उमालेर खानुहोस् केरा, यी समस्याका लागि फाइदाजनक सावित !
अ+ अ-

काठमाडौं । केराको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ। केरामा पोषक तत्व पाइन्छ। आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरीएको छ। यदि तपाई केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस्। आज हामी तपाईलाई केरा कसरी खाने भनेर बताउन गैरहेका छौँ। यो तरीका अरुभन्दा फरक छ । शायद तपाइले यस्तो कहिल्यै पनि गर्नु भएको छैन।

बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केहि दिनमै यसको प्रभाव देख्न थाल्नु हुनेछ। केहि मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन्। अब हामी तपाईलाई केराको औषधीय प्रयोगको बारेमा बताउँदै छौँ। यो प्रयोग धेरै सजिलो र लाभदायक रहने छ। यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक सावित हुनेछ।

केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ । त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ।

यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस् । निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनु हुनेछ। साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नु हुनेछ।

बनाउने विधि: यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस्। यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस्। पुरै उम्लिसकेपछि केरालाई बोक्रा सहित सानो(सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस्।

१० मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस्। यसो गर्नाले तपाईको ननिदाउँने समस्यामा राहत पुग्नेछ। तपाईको निन्द्रा राती पनि खुल्छ भने यो तपाईको लागि फाईदाजनक हुनेछ।

सायद तपाईलाई थाहा छैन कि यसको बोक्रा पनि धेरै गुणकारी हुन्छन्। केराको बोक्रामा पोटाशियम र म्याग्नेसियम पाइन्छ। यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ।

काँचो केरा खादा हुने फाइदाहरु: काँचो केरा खादा आइरनको पदपूर्ति मात्र गर्दैन यसले धरै रोगहरुबाट समेत बचाउछ । काँचो केरालाई तरकारीको रुपमा प्रयोग गर्ने सकिन्छ। काँचो केराको उपयोग कमै हुने गर्छ किनभने यो पाकेको केरा जतिको मिठो हुँदैन। तर काँचो केरा स्वास्थ्यको लागी निकै फाइदाजनक छ। यसले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पार्न मद्धत गर्छ।

तौल घटाउँछ: नियमित रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन। यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ।

कब्जियतको समस्याबाट मुक्त: यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस। यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ। जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ । यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ।

 

मधुमेहलाई फाइदा: मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ। धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ। काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो। यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन्।

(एजेन्सीको सहयोगमा)