४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा
अ+ अ-

भालुवाङ । कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे ।

अहिले त्यस्तो समय छैन । माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले बिस्थापित गरेका छन् । बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समूदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ ।

बजारमा प्लास्ष्टिकका भाँडा बढ्न थालेपछि रेशम कुमालले तीन महिनाअघि तयार पारेका माटोका भाँडा घरको पिँढीमा थन्किएका छन् । “यी अहिले बिक्री हुन नसकेका भाँडा हुन्”, उहाँले भन्नुभयो, “घरभित्र राख्ने ठाउँ पनि छैन पानीले भिजायो भने मेहनत खेर जान्छ ।”

बजारमा प्लास्टिकका आयातित सामान सहजै पाउन थालेपछि आफूहरुले बनाएका माटोका भाँडा बिक्न छाडेको दाङ गढवा–५ का धनराज कुमालले गुनासो गर्नुभयो । लामो समयदेखि माटोका भाँडा बनाएर जीविका चलाउँदै आउनुभएका उहाँले भाँडा बिक्न छोडेपछि घर खर्च चलाउनै समस्या भएको बताउनुभयो ।

यस क्षेत्रमा कुमाल समुदायका करिब दुई सय घरधुरी छन् । जसको मुख्य पेसा नै माटोका भाँडा बनाउनु हो । माटोका भाँडाको तुलनामा प्लास्टिकका भाँडा सस्तो र टिकाउन हुने भएकाले प्रयोग बढ्न थालेको हो ।

“न लेख–पढ गर्न सकियो न अन्य कुनै काम सिक्न सकियो,” गढवा–६ का चौकु कुमालले भन्नुभयो, “समूदायको पुख्र्यौली पेसा अपनाइयो तर अहिले यसबाट सोच जस्तो पैसा कमाउन सकिएको छैन ।”

त्यति मात्रै होइन, माटोका भाँडा बजारसम्म लैजाँदा बिचौलियाको समस्या पनि उत्तिकै छ । कुमालहरुले मट्का रु दुई सयदेखि दुई सय ५०, ठेकी रु एक सयदेखि डेढ सयसम्म, गमला रु एक सयसम्म, खुत्रुके रु ५० देखि एक सयसम्म बिक्री गर्छन् । तर त्यसमा पनि बिचौलियाका कारण कुमालहरुले निकै कम प्रतिफल पाउने गरेको चौकु कुमालले गुनासो गर्नुभयो ।

एकातिर माटोको भाँडाले बजार पाएका छैनन् भने अर्कोतिर पुख्र्यौली पेसा ओझेलमा परेकोमा उनीहरुमा चिन्ता छ । “युवापुस्ता पनि यो पेसामा मन लगाउँदैनन्, उनीहरु यो काम गर्नुभन्दा जिल्ला बाहिर गएर काम गर्न मन पराउछन्”, स्थानीय अम्मर कुमालले भन्नुभयो ।

कुमाल समुदायको आर्थिक स्थिति सबल गराउने भन्दै केही समयअघि ‘स्वच्छ व्यवसाय समूह नेपाल’ले तीन महिने माटोको भाँडा बनाउने तालिम दिएको थियो । तालिममा झण्डै तीस जना कुमाल समुदायका व्यक्ति सहभागी थिए । संस्थाले उनीहरुलाई सीप सिकाउनुका साथै भाँडालाई पोल्न आधुनिक भट्टा निर्माणका लागि रु नौ लाख सहयोग गरेको थियो ।

कुमालहरुको पुख्र्यौली पेसालाई संरक्षण र सम्बर्द्धनका लागि स्थानीय सरकारले चासो दिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले बताउनुभयो । “उहाँहरुको पेसालाई संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिका योजना बनाएर अघि बढ्छ”, उहाँले भन्नुभयो, “यो पेसालाई जोगाइराख्न माटोको भाँडालाई बजारीकरण गर्ने, माटो र दाउरा सहजरुपमा उपलब्ध गराउन सहयोग गर्नेछौँ ।”