१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार



अ+ अ-

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले  नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मङ्सिर २९ गते अर्थात आज नियुक्ति र कार्यविभाजनसहित मन्त्रिपरिषद् विस्तार गरिएको उल्लेख छ ।

सो विज्ञप्तिमा मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भौतिक पूर्वाधार विकास मन्त्रालय भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खेलकुद तथा समाज कल्याण मन्त्रालय गृह, सञ्चार तथा कानून मन्त्रालय वन तथा वातावरण मन्त्रालय श्रम तथा यातायात मन्त्रालय रहेको छ भने मन्त्री महेशप्रसाद यादवलाइ अर्थ मन्त्रालय, जंगीलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जवाहर लाल कुशवाहालाई उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, रानीकुमारी तिवारीलाइ शिक्षा तथा संस्कृति मन्त्रालय र कनिश पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको जनाइएको छ।

साथै आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख समक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको सम्मेत विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस




भर्खरै