१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो



अ+ अ-

काठमाडौँ। पुरातत्व विभागले हालसम्म नेपालबाट चोरिएका १९८ पुरातात्विक वस्तु विदेशबाट फिर्ता ल्याइएको जनाएको छ ।

विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो । युरोप, संयुक्त राज्य अमेरिकालगायतका मुलुकबाट विभिन्न संस्थाबीचको सहकार्यबाट फिर्ता ल्याइएको पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधान छ । सोही नियममनुसार ती सम्पदा ल्याइएका हुन् ।

विभिन्न कालखण्डमा नेपालमा निर्मित भएका काष्ठकला, प्रस्तरकला, वास्तुकला, मूर्ति, तोरणलगायत प्राचीन सम्पदा चोरी भएर विदेशमा फेला परेपछि सूचनाका आधारमा दाबी गरिने र प्रमाण पु¥याएर फिर्ता गरिने गरिन्छ । फिर्ता गरिएका कतिपय सामग्री सम्बन्धित स्थानमा विधिपूर्वक प्रतिस्थापन गरिँदै आएको छ ।

विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेका ती सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएको विभागले जनाएको छ । रासस




भर्खरै