१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सञ्चालनमा आएन ‘सभागृह’

सञ्चालनमा आएन ‘सभागृह’
अ अ+ अ-

महेन्द्रनगर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा साढे ६ वर्षअघि निर्माण सम्पन्न भएको सभागृह (सिटीहल) अझै सञ्चालनमा आउन सकेको छैन् ।

विसं २०७५ मा निर्माण सम्पन्न भएको तीनतले सुविधा सम्पन्न सभागृह प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेको छ । ‘अन्डरग्राउण्ड पार्किङ’ सहितको तीनतले सुविधा सम्पन्न सभागृहमा तीन वटा हलको सुविधा पनि छ ।

भीमदत्त नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह तयार छ । जिल्लामा हुने सभा, सम्मेलन तथा कार्यक्रमको सहजताका लागि निर्माण गरिएको थियो ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले रु आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह हाल भीमदत्त नगरपालिकाको मातहत छ । भीमदत्त नगरविकास समितिको अध्यक्षमा नगर प्रमुख रहने प्रावधान छ ।

नगरपालिकाको नेतृत्वले चाँसो नदिँदा करोडौँ लगानीमा निर्माण भएको सभागृह जीर्ण बन्दै गएको स्थानीयबासीको गुनासो छ । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामी भने सभागृह सञ्चालनका लागि काम भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,“निर्माण कम्पनीले नगरविकास समितिलाई सभागृह हस्तान्तरण गरिसकेको छ ।

प्रतिवेदन तयार गरी सञ्चालन गर्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको सुझावअनुसार अघि बढ्ने गृहकार्यमा छौँ ।”

अपाङ्गमैत्री सभागृहमा एक हजार जना अटाउने क्षमता रहेको छ । विसं २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी सम्झौता भएकामा धेरै वर्षपछि सभागृह सम्पन्न भयो । सञ्चालनमा पनि थप समय लागेको भन्दै धेरैले असन्तुष्टि जनाइरहेका छन् । रासस