१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा

‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा
अ अ+ अ-

विराटनगर। नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एलार्गन’ औषधिको खरिद तथा बिक्री वितरणमा लगाएको रोक फुकुवा गरेको छ ।

कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ ले व्यवसायीहरूको माग सम्बोधन गर्दै लिखित प्रतिबद्धता जनाएपछि सङ्घले उक्त निर्णय गरेको हो ।

सङ्घका अनुसार आज आयातकर्ता कम्पनीले सङ्घको प्रचलित नियमावलीअनुसार म्याद गुज्रिएका औषधिको शतप्रतिशत सोधभर्ना दिने सहमति पत्र पठाएपछि समस्या समाधान भएको हो ।

नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले व्यवसायीहरूको माग पूरा भएकाले अब एलार्गन कम्पनीका औषधि निर्धक्क खरिद गर्न प्रदेशभरका व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

आँखासम्बन्धी जेल तथा ड्रपहरू उत्पादन गर्ने एलार्गन कम्पनीको आयातकर्ता प्रिया ट्रेडिङले म्याद गुज्रिएका औषधि फिर्ता लिने सन्दर्भमा सङ्घको नियमावली विपरीत ९० दिनपछि औषधि फिर्ता नलिने अडान लिएपछि विवाद उत्पन्न भएको थियो ।

नेपाल औषधि व्यवसायी सङ्घको ‘सोधभर्ना तथा क्षतिपूर्ति नियमावली–२०६५ (संशोधित २०८१)’ अनुसार म्याद गुज्रिएका औषधिहरू खुद्रा बिक्रेताबाट १८ महिनासम्म र थोक बिक्रेताबाट २१ महिनासम्ममा फिर्ता लिई शतप्रतिशत सोधभर्ना दिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था पालना नगरेको भन्दै सङ्घले आइतबारदेखि कोशी प्रदेशभर एलार्गन कम्पनीका औषधि खरिद नगर्ने निर्णय गरेको थियो ।

सङ्घको चेतावनीपछि आयातकर्ता प्रिया ट्रेडिङ प्रालिका व्यवस्थापक श्याम महर्जनले सङ्घलाई पत्र लेख्दै सङ्घको नियमावलीअनुसार नै सोधभर्ना तथा क्षतिपूर्ति प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रमा सङ्घको प्रचलित नियमावली पालना गरिने स्पष्ट उल्लेख गरिएको छ ।रासस