१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी



अ+ अ-

चितवन। गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या घटेको छ ।

गत आर्थिक वर्षको मङ्सिरसम्म ५३८ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यस आर्थिक वर्षको सोही समयमा ४२६ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालय प्रमुख निर्मल घिमिरेकाअनुसार गत आवको साउनमा ४५, भदौमा १२७, असोजमा १४३, कात्तिकमा १२७ र मङ्सिरमा ९६ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो ।

यस आर्थिक वर्षको साउनमा ७१, भदौमा ६५, असोजमा १२१, कात्तिकमा १२४ र मङ्सिरमा ५४ जनामा यो रोगको सङ्क्रमण देखिएको घिमिरेले बताउनुभयो ।

मौसममा आएको परिवर्तनसँगै यो रोगको सङ्क्रमण विस्तारै घट्दै जाने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी गर्मी मौसममा बढी सङ्क्रमण फैलने यो रोग अब घट्दै जान्छ । गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।”

मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ । खेतबारीमा एवं विशेषगरी घर बाहिर काम गर्ने व्यक्तिमा यो रोग लाग्ने उहाँले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ ।

किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने र पेट दुख्ने लक्षण देखिन्छ । सङ्क्रमण घटे पनि जाडो समयमा समेत बिरामी फाट्टफुट्ट भेटिने क्रम भने जारी रहेको उहाँको भनाइ छ ।




भर्खरै