८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको आक्रमण विफल , २८ आतङ्ककारी मारिए



अ+ अ-

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ । 

 सो आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ । सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई बिभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन् । 

यस कारबाहीको विषयमा तालिबान लडाकू कुनै टिप्पणी गरेका छैनन्  । तालिबान लडाकू समूहले तखार प्रान्तका १६ ओटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान शहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ । 

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धरना दिएका बताइएको छ । केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ । (रासस-सिन्ह्वा)