३० भाद्र २०८३, मंगलवार
,
Latest
टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानको सत्रमै अस्ट्रेलियालाई तीन स्वर्ण



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकको बुधवारको खेल जारी रहँदा बिहान  नै ११ स्वर्ण पदकको  टुङ्गो लागेको छ  । बिहान टुङ्गो लागेको ११ मध्य अस्ट्रेलियाले तीन स्वर्ण पदक हात पारेको छ । रोइङको महिला डबल्स स्कल्समा रोमानीयाले  स्वर्ण, न्युजील्यान्डले  रजत तथा नेदरल्यान्डले कांस्य पदक पाए ।

यसै गरी, पुरुषको स्पर्धामा फ्रान्सले स्वर्ण, नेदरल्यान्डले रजत तथा चीनले कांस्य पदक जिते । फोर फाइनलको महिलामा अस्ट्रेलियाले स्वर्ण, नेदरल्यान्डले रजत तथा आयरल्यान्डले कांस्य पदक जिते  यसैको पुरुष स्पर्धामा अस्ट्रेलियाले स्वर्ण, रोमानीयाले  रजत तथा इटालीले कांस्य पदक जिते । यसैको पुरुष स्पर्धामा अस्ट्रेलियाले स्वर्ण, रोमानीयाले रजत तथा इटालीले कांस्य पदक जिते । 
क्वार्डल्सको पुरुषमा नेदरल्यान्डले  स्वर्ण, बेलायतले रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते ।

यसैको महिला स्पर्धामा चीनले स्वर्ण, पोल्यान्डले  रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते । पौडीकी महिला २०० मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी एरियन टिटमसले स्वर्ण पदक जितिन् । हंगकंगकी सिमानो आउजीले रजत तथा क्यानडाकी पेनी ओलस्काले कांस्य पदक जिते । पुरुष २०० मिटर बटरफ्लाइमा हंगेरीका क्रिस्टोफर मिलाकले स्वर्ण, जापानका टोमारु हन्डाले रजत तथा इटालीका फेबड्रको बार्डुसिओले कांस्य पदक जिते । 

महिला २०० मिटर मेड्लीमा जापानकी याही युहासीले स्वर्ण, अमेरिकाकी एलेक्स वाल्सले  रजत तथा  अमेरिकाकै क्याटी डगलसले कांस्य पदक जिते । याहुसीले ४ सय मिटरमा पनि स्वर्ण  पदक जितेकी थिइन् । महिला १५०० मिटर फ्रिस्टाइलमा अमेरिकाकी केटी लेडेकीले स्वर्ण  पदक जितिन् । यसै गरी, अमेरिकाकै एरिका सुलेभानले रजत तथा जर्मनीकी सारहना कोहलरले कांस्य पदक जिते । पुरुष ४गुणा २ सय मिटर फ्रिस्टाइलमा बेलायतले स्वर्ण पदक जितेको छ । यसै गरी, रुस ओलम्पिक कमिटीले रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते ।