• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ



काठमाडौँ । प्रहरीले साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोको नक्कली पेज बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतो रहेका छन् । उनले ‘साइबर ब्युरो नेपाल’ नामको फेसबुक पेज बनाएको आरोप छ ।

उनलाई चितवन प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको हो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।