• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ



काठमाडौँ । प्रहरीले साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोको नक्कली पेज बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतो रहेका छन् । उनले ‘साइबर ब्युरो नेपाल’ नामको फेसबुक पेज बनाएको आरोप छ ।

उनलाई चितवन प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको हो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।