• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

पुर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा: डाक्टर सुनिल शर्मा(भिडियोसहित)



मोरङ । मोरङ क्षेत्र नं ३ का नव निर्वाचित प्रतिनिधीसभा सांसद डा.सुनिल शर्माले पूृर्वाञ्चल विश्वबिद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफु लागि पर्ने बताउनुभएको छ ।

सोमबार मोरङको गोठगाउस्थित पूर्वाञ्चल विश्व बिद्यालयको सभाहलमा आयोजित पत्रकारहरुसंग सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाले आफु यस क्षेत्रबाट निर्वाचन भएलगत्तै बिश्वबिद्यालयलाइ नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने बिषयमा सम्बन्धित ब्याक्तीहरुसंग सल्लाह गरिरहेको बताउनुभयो ।

बिगतमा दिनको १० बजे देखि १२ बजे सम्म मात्रै स्वास्थ्य सेवा सुचारु गरेको बिश्वबिद्यालयलाई माघ महिनादेखि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी सहमती भइसकेको डा।शर्माले बताउनुभयो । निर्वाचन जितेर गइसकेपछि मतदाताहरुसंग गरेको बाचा अनुरुप बिश्वबिद्यालयलाइ पहिलो चरणमा ९ देखि ५ बजे सम्म सुचारु गरिने र दोश्रो चरणमा रात्रिकालनि सेवा हुदै २४ सै घण्टा सेवा उपलब्ध गराने बिषयमा कुराकानी भइरहेको बताउनुभयो ।

बिश्वबिद्यालयमा दक्ष चिकित्सकको अभाव भएमा आफ्नो मेडिकलबाट भएपनि चिकित्सक ल्याएर सेवा सुचारु गर्न तत्पर रहेको उहाले बताउनुभयो । बिश्व बिद्यालयका भिसि यादव प्रसाद कोइरालाले पनि सो क्षेत्रमा मेडिकल कलेज सञ्चालनको बिषयमा सांसद शर्मासग चर्चा गरेका थिए ।

उक्त क्षेत्रमा मेडिकल कलेज सञ्चालनमा आए यहाका बिपन्न बिद्यार्थीहरुले स्वास्थ्यशिक्षा सम्बन्धी उच्च ज्ञान हाशिल गर्न महगो शुल्क तिरेर काठमाण्डौ लगायत देश बाहिर जान पर्ने बाध्यताको अन्त्य हुने उपकुलपती कोइरालाको भनाइ छ । यो संगै बिश्वबिद्यालय परिषरमै स्वास्थ्य सेवालाइ बिस्तार गर्न सके मोरङका ग्रामिण भेगका बिरामीहरुले स्वास्थ्य सम्बन्धी सेवाहरु पाउने थिए ।

सो क्षेत्रका स्थानियहरु पनि अब बिश्वबिद्यालय भित्र उचित स्वास्थ्य सेवा पाउनेमा बिश्वस्त देखिएका छन । क्षेत्र नं ३ बाट डा.शुनिल शर्माले सांसद जिते लगत्तै बिश्वबिद्यालय सुधार हुनुकासाथै स्वास्थ्य सेवा पनि बिस्तार हुनेमा बिश्वस्त रहेका छन ।