• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड

कतार विश्वकपः आज प्रि–क्वाटरफाइनलका अन्तिम खेल



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज मंगलबार अन्तिम १६ का अन्तिम दुई खेलहरु हुँदैछन् ।

मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

दुबै टोलीको प्रमुख लक्ष्य जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने रहेको छ । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बनेपछि नकआउट चरणमा यी दुई टीमबीच भेट भएको हो ।

यस्तै, आजै हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा यी दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा छन् ।

पोर्चुगलले समूह ‘एच’को विजेता र स्विट्जरल्यान्डले समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएका हुन् ।

यसैबीच गएराति सम्पन्न खेलमा क्रोएसियाले जापानलाई र ब्राजिलले दक्षिण कोरियालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।