• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ ★   ‘तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ’

राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जित्यो



काठमाडौँ । लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरका लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए । दीपक बोहोराले २५ रन बनाए भने अनुराग सिंहले २२ रन जोडे ।

यता लुम्बिनीका लागि रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ र अभिषेक गौतमले समान १/१ विकेट विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी २९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन जोडे ।

सुदूरपश्चिमका लागि मिलन बोहोरा एक्लैले ५ विकेट लिए भने हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिए । यस उपाधिसँगै सुदूरले रु दुई लाख प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको लुम्बिनीले रु एक लाख पायो । यही मङ्सिर ७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित सात प्रदेशको सहभागिता रहेको थियो ।