काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् । शुक्रबार ललितपुरको इमाडोलस्थित एक पार्टी प्यालेसबाट कल्पनाले प्रेमी आचार्यसँग विवाह गरेकी हुन् ।
लोकदोहेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । उनले चर्चित वक्ता रमेश प्रसाईंसँग गाएको दोहोरी सुपरहिट भएको थियो ।
गत जेठमा नै कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । आज भने उनीहरुले परम्परागत रितिअनुसार विवाह गरेका हुन् ।