२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ राष्ट्रिय क्रिकेटः सुदुरपश्चिम फाईनलमा



अ+ अ-

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश फाईनल पुगेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको समूह चरणअन्तर्गतको अन्तिम खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाईनलमा प्रवेश गरेको हो।

मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो । खराब मौसमका कारण ४५ ओभरमा छोट्टयाईएको खेलमा बागमतीले सुदुरपश्चिमलाई जितका लागि दिएको १ सय २५ रनको लक्ष्य दिएको थियो ।

सुदुरपश्चिमको जितमा कप्तान अनुराग सिंहले ४४ बलमा ३९ रन बनाए । मिलन बोहोराले ३३ रन जोडे भने गजेन्द्र बोहोराले १९ रन थपे । त्यस्तै, दिपक बोहोराले १७ रन तथा दीपक बोहोराले १० रन बनाए ।

बागमतीको तर्फबाट रोसन विकले २ विकेट लिए भने प्रतिक श्रेष्ठले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बागमतीले भने २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको थियो । बागमतीका लागि प्रतिक श्रेष्ठले ५० बलमा ४४ रन बनाए भने रोशन विकले ३६ र सक्षम बस्ताकोटीले ३३ रन बनाए ।

सुदुरपश्चिमका बलर आकाश चन्दले ह्याट्रिक सहित ४ विकेट लिएका थिए । चन्दले ५.४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै हेमन्त धामीले ३ विकेट लिए भने नरेन साउदले २ विकेट लिए । युवराजले १ विकेट रह्यो ।

सुदुरपश्चिम ६ खेलमा अपराजित रहदै १२ अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । भने बागमती ६ खेलमा ४ जित र २ हारका साथ ८ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । बागमती फाईनलमा पुग्न भने शनिबार हुने खेलमा लुम्बिनीलाई पराजित गर्नुपर्ने हुन्छ ।