६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरा प्रकरण: विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ



अ+ अ-

कैलाली । बाजुरामा विद्यार्थी नेता चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले हत्याको आरोपमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसँगै तीन जनालाई पक्राउ गरेको हो ।

मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्ष अयडीसहित २२ जनाविरुद्ध जाहेरी दिएका थिए । ती मध्ये वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंसिर ४ गते एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष अयडीलाई घरमा सुतिरहेकाबेला बीभत्स हत्या गरिएको थियो ।

अहिले पक्राउ परेको वडाध्यक्ष एक महिना अघि मात्र धरौटीमा छुटेका थिए । नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो।

 




भर्खरै