८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.24

Wind: 1.54

Humidity: 53

Latest
एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै आम्दा अस्पतालमा डाइलासिस सेवा अभिभावकहरुसँग क्षमा माग्दै भर्ना अभियान सुरु गर्न शिक्षाविद् कोइरालाको सुझाव एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुदैन :शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लेक लागेर बिरामी परेका दुई पर्यटकको उद्धार चीनमा नेपाली पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी



अ+ अ-

काठमाडौँ । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्णरूपमा भइरहेको छ ।

सो जिल्लाको वैतेश्वर गाउँपालिका–६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान जारी रहेको हो ।

ती मतदान केन्द्रमा यही मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।