३० भाद्र २०८३, मंगलवार
,
Latest
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्छौंः मन्त्री रावल इन्द्रजात्रामा स्वयंसेवक भोकै बस्न नदिने, काठमाडौंमै मुआली बजाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन



अ+ अ-

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल  प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध  संसद्‌बाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटेको छ ।

सभामुख डोल प्रसाद अर्यालले गत २६ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन निर्देशन दिनुभएपछि सो अभिव्यक्ति संसदीय अभिलेखबाट हटाईएको हो ।

बैठकमा सभामुख अर्यालले भन्नुभयो ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले नेपाल प्रहरीका महानिरीक्षक कार्कीसँग सम्बन्धित रहेर व्यक्त गरिएका केही शब्द रेकर्डबाट हटाइएको जानकारी दिनुभयो ।