२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता ८८ मतले मात्र



अ+ अ-

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ८८ मतले मात्र अग्रता गर्नुभएको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार उहाँले २७ हजार ३६७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जगदीशप्रसाद कुसियैतले २७ हजार २७९ मत पाउनुभएको छ । मतगणना जारी छ । अहिले एमालेको पकड क्षेत्रमा भएको मतदानको मतगणना भइरहेको बताइएको छ ।

सुनसरी–४ मा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा एमालेमा ६ सय ६ मत थपेपछि मतगणना स्थगित भएको थियो । तर सुनसरी–४ का मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले कर्मचारीको गल्तीले एमालेमा थपिएको ६ सय ६ मत हटाइएकोले कुनै विवाद नरहेको बताउनुभएको थियो ।

लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि एवं कानूनमन्त्री कार्कीले मतगणना स्थगित भएपछि पुनः मतगणनाको माग गर्नुहुँदै निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो ।

शुक्रबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना सुचारु गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको थियो ।