२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो जितको खोजीमा आयोजक कतार, अमेरिकालाई इरानको चुनौति



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को आज १० औं दिन हो । प्रतियोगितामा आज पनि चार खेल हुनेछन् । तर, आज खेलको समयमा परिवर्तन गरिएको छ र सबै खेल नेपाली समयानुसार राति खेलाइनेछ । विश्वकपमा आज मंगलबारबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु सुरु हुनेछ ।

अब दुई खेल एकैसाथ खेलाइने भएको छ । पहिलो दुई खेल राति ८ः४५ बजे सुरु हुनेछन् भने बाँकी दुई खेल ढिलो गरी १२ः४५ बजे सुरु हुनेछन् ।

आज राति पौने ९ बजे बजे दुई खेल हुनेछन् । नेदरल्याण्ड्सले कतारसँग खेल्नेछ । त्यस्तै इक्वेडरले सेनेगलको सामना गर्नेछ । यसपछि राति १२ः४५ मा वेल्सको इंग्ल्याण्डसँग र इरानको अमेरिकासँग भिडन्त हुनेछ ।

पहिलो जितको खोजीमा कतार
आयोजक कतारले यस प्रतियोगितामा अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । कतारले आफ्नो अन्तिम खेल आज नेदरल्याण्डसँग खेल्नेछ । अन्तिम १६ को दौडबाट बाहिर भइसकेको कतार अन्तिम खेलमा जित निकालेर प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

यद्यपि, कतारका लागि यो सहज हुनेछैन । कतार अहिलेसम्म सेनेगल र इक्वेडरसँग पराजित भएको छ भने अब उसले यस प्रतियोगितामा अपराजित रहेको नेदरल्यान्ड्ससँग खेल्दैछ । यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् । कतारले पछिल्ला पाँच खेलमा एउटामा मात्र जित हात पारेको छ भने नेदरल्यान्ड्स पछिल्लो पाँच खेलमा अपराजित छ । यीमध्ये चार खेलमा उसले जित निकालेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

सेनेगल र इक्वेडरबीच कडा भिडन्त
समूह ‘ए’ मा आज इक्वेडरले सेनेगलको सामना गर्दैछ । दुवै टोली आ–आफ्नो समूहमा दोस्रो स्थानमा रहेर अर्को चरणमा पुग्ने प्रयास गर्नेछन् । नेदरल्याण्ड्स यस समूहबाट अन्तिम १६ मा पुग्ने निश्चित छ तर दोस्रो स्थानका लागि इक्वेडर र सेनेगलबीच कडा प्रतिस्पर्धा हुनेछ ।

यो खेल जित्ने टोली नकआउट चरणमा प्रवेश गर्नेछ । दुवै टोली पहिलो पटक एक अर्कासँग खेल्दैछन् । इक्वेडरले पछिल्ला पाँच खेलमा चार बराबरी खेलेको छ भने एकमा जित निकालेको छ । अर्कोतर्फ सेनेगलले पछिल्लो पाँच खेलमा तीन खेल जितेको छ । एउटा बराबरी भएको छ भने एउटामा हार ब्यहोरेको छ । यो खेल बराबरी भएमा इक्वेडरको टोली नकआउट चरणमा पुग्ने छ ।

जित निकाल्दै नकआउटमा पुग्न चाहन्छ इंग्ल्याण्ड
सन् १९६६ को विश्वकप उपाधि जितेको इंग्ल्याण्डले समूह चरणको अन्तिम खेल मंगलबार वेल्ससँग खेल्दैछ । ह्यारी केनको कप्तानीमा उत्रने इंग्ल्याण्डले यहाँ जित निकाल्यो भने नकआउटमा प्रवेश गर्नेछ । अर्कोतर्फ वेल्सलाई प्रतियोगितामा कायम रहन जित आवश्यक छ, अन्यथा यो टोली समूह चरणबाटै घर फर्किनेछ ।

पहिलो खेलमा इरानलाई ६–२ ले हराएको थियो इंग्ल्याण्डले दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी खेल्यो । सन् १९५८ पछि विश्वकप खेलेको वेल्सले इरानसँग २–० ले हार बेहोरेको थियो भने अमेरिकासँग १–१ को बराबरी खेलेको थियो । यस्तो अवस्थामा उसले कुनै पनि हालतमा खेल जित्नुपर्ने हुन्छ ।

अमेरिकालाई हार्न छुट छैन
अमेरिका र इरानको यो खेललाई राजनीतिक दृष्टिकोणबाट पनि हेरिएको छ । यो अमेरिकाका लागि ‘गर या मर’को खेल बनेको छ । यो जितले टोलीको फिफा विश्वकपमा नकआउट चरण प्रवेश गर्ने आशा जीवितै रहने छ । इङ्ल्यान्ड चार अंकसहित समूहको शीर्ष स्थानमा छ । यस्तै, तीन अंक जोडेको इरान दोस्रो स्थानमा रहँदा दुई अंकसहित अमेरिका तेस्रो र एक अंकका साथ वेल्स चौंथो स्थानमा छ ।

कार्लोस क्विरोज, इरानका प्रशिक्षक जो सन् १९९८ मा अमेरिकी फुटबल महासंघका सल्लाहकार थिए । यस सिजन च्याम्पियन्स लिगमा पाँच गोल गरेका मेहदी तेरेमीले इरानको आक्रमणको नेतृत्व गर्नेछन् ।

इरान यस विश्वकपमा आफ्नो उद्घाटन खेलमा इङ्ल्यान्डसँग २–६ ले पराजित भएको थियो । तर दोस्रो खेलमा वेल्सलाई २–० ले हराएर मनोबल बटुलेको इरान छ वटा विश्वकपमा पहिलो पटक अर्को चरणमा पुग्न चाहन्छ ।

खेल तालिकाः
इक्वेडर भर्सेस सेनेगल – ८ः४५ बजे
कतार भर्सेस नेदरल्याण्ड्स – ८ः४५ बजे
इरान भर्सेस अमेरिका – ००ः४५ बजे
वेल्स भर्सेस इंग्ल्याण्ड – ००ः४५ बजे