५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

दक्षिण अफ्रिकी सोनमाकरको विश्व कीर्तिमान

दक्षिण अफ्रिकी सोनमाकरको विश्व कीर्तिमान
अ+ अ-

काठमाडौं । जापानको टोकियामा जारी ओलम्पिक खेलकुदको शुक्रवार भएको पौडी स्पर्धाका अमेरिकी टोली स्वर्ण पदक विहीन भएको छ  शुक्रवार रोइङका चार स्वर्ण पदकका टुङ्गो लागे । महिला सिङ्गल स्कुल्टमा न्युजील्यान्डकी अमा ट्वीगले स्वर्ण, रुस ओलम्पिक कमिटीका हन्ना प्रकातसेनले रजत तथा अस्ट्रियाका नोग्लीन माग्डेलनाले कांस्य पदक जिते । 

परुष तर्फ ग्रिसका तुसकाने साफेसले स्वर्ण, जेटी बोरोकले रजत तथा क्रोएसियाका डामिर मार्टीनले कांस्य पदक जिते । महिला एटमा क्यानडाले स्वर्ण न्युजील्यान्डले रजत तथा चीनले कांस्य पदक पाए । पुरुष एटमा न्युजील्यान्डले स्वर्ण,जर्मनीले रजत तथा बेलायतले कांस्य पदक जिते । पौडीको २०० मिटर  ब्याकस्ट्रोकमा रुस ओलम्पिक कमिटीका यागेनी राइलोभले  स्वर्ण, अमेरिकाका रैन  मुर्फीले रजत तथा बेलायतका लुक ब्रीन ब्यान्कले कांस्य पदक पाए  

पुरुष २सय  मिटर मेड्लीमा चीनका वांग सुनले स्वर्ण, बेलायतका डुनाकन स्कटले रजत तथा स्वीजरल्यान्डका जेम्स डुम्लान्टीसले कांस्य पदक पाए । महिला २०० मिटर ब्रैस्ट  स्ट्रोकमा नयाँ विश्व कीर्तिमान सहित दक्षिण अफ्रिकाका टाटीयनान सोनमाकरले स्वर्ण, अमेरिकी लिली किङले रजत तथा अमेरिकाकै एनी लाजरले कांस्य पदक  पाए । 
महिला एक सय मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी अम्मा म्याककोनले स्वर्ण, हङकङकी सिबोना आउजीले  रजत तथा अस्ट्रेलियाकी केट  क्याम्बलले कांस्य पदक  पाए ।  

आर्चरीको  महिला एकलको उपाधि शुक्रवार टुङ्गो लाग्ने छ । भारतकी दीपिका कुमारी शीर्ष बरीयताको  खेलाडीको  रूपमा प्रतिस्पर्धा गर्ने छिन् । ब्याडमिन्टनको मिश्रित युगलमा दुई चिनिया जोडी फाइनलमा प्रवेश  गरेका कारण चीनको स्वर्ण  पदक निश्चित भएको छ ।  पुरुष कायाकको फाइनल पनि शुक्रवार नै हुने छ । साइक्लिङको बिएम एक्स रेसिङको महिला र पुरुष स्पर्धाको फाइनल पनि शुक्रवार हुने छ। 

फेन्सिङको महिला टिम एपेको  सम्पूर्ण  स्पर्धा शुक्रवार  नै सकिनेछ। महिला फुटबलको क्वार्टर फाइनलमा क्यानडाले ब्राजिल, बेलायतले अस्ट्रेलिया, स्विडेनले  जापान तथा अमेरिकाले नेदरल्यान्डको  सामना गर्ने छन् । जुडोमा महिलामा ७८ किलो माथि र पुरुषमा १०० किलो भन्दा माथिको  स्पर्धाका खेल हुने  छन् । रोइङमा शुक्रवार महिला र पुरुषको सिङ्गल स्क्रोलको फाइनल खेल हुने छ । महिला र पुरुषको एट फाइनल पनि शुक्रवार  हुने छ । 

सुटिङमा २५ मिटर पेस्तोलको फाइनल खेल शुक्रवार हुने  छ। टेबल टेनिसको पुरुष एकलको  फाइनल खेल हुने छ  । यसमा दुवै चिनिया खेलाडी फाइनल प्रवेश गरेका कारण चिनो  स्वर्ण र रजत  पक्का भइसकेको छ। टेनिसको  पुरुष युगलको फाइनल हुने  छ ।

दुवै क्रोएसियाली जोडी फाइनल प्रवेश गरेका कारण क्रोएसियाको स्वर्ण र रजत निश्चित  भइसकेको छ । ट्राम्पोलायन जिम्न्यास्टिकको महिला स्पर्धा शुक्रवार नै हुने छ । यसमा पनि चीनलाई दाबेदार मानिएको छ । शुक्रवार नै एथलेटिक्सको स्पर्धा सुरु हुने छ । पुरुष १० हजार मिटरको  फाइनल खेल पनि शुक्रवार  हुने छ । युगान्डाका जोसे चेपटेगेले नै शुक्रवारको भिडन्तमा स्वर्ण पदक जित्ने अनुमान गरिएको छ ।