• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

हतियारसहितका प्रर्दशनकारीलाई नियन्त्रणमा नलिई हामी फर्किदैनौँः एसपी पाण्डे



file

काठमाडौँ । महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हातहतियारसहित प्रर्दशनमा उत्रिएकाहरुलाई नियन्त्रणमा नलिई आफूहरु नफर्किने चेतावनी दिनु भएको छ ।

सो बस्तीमा अनाधिकृत रुपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रुपमा हातहतियार समेत प्रहार भएको उल्लेख गर्दै उहाँले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरुलाई कारबाही नगरी आफूहरु सो क्षेत्रबाट नफर्किने बताउनु भएको हो ।

सोमबार अपरान्हदेखि सो बस्तीमास्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुडा समेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिव १० जना सुरक्षाकर्मी घाइते भएका छन । अपराधिक गतिविधिमा संलग्न भएकाहरुले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरुलाई नियन्त्रणमा लिने र कानुन बमोजिम कारबाही हुने स्पष्ट पार्नु भयो ।

यता, स्थानीयले भने आफूहरुलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका छन् ।