१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा क्यामरुन र सर्बियाको बराबरी



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् । अल जानोउव मैदानमा भर्खरै सम्पन्न खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

१० औं मिनेटमा सर्बियाका फरवार्ड अलेक्सान्डर मित्रोभिचले प्रहार गरेको बल क्यामरुनको पोस्टमा ठोकिएर बाहिरिन पुग्यो । उनले डि–बक्स भित्रबाट देब्रे खुट्टाले प्रहार गरेको बल देब्रे पोलमा ठोकिन पुगेको थियो । १७ औं मिनेटमा मित्रोभिचले गोल गर्ने सुनौलो अवसर गुमाए । क्यामरुनका डिफेन्डरबीच तालमेल नमिन्दा मित्रोभिचले गोल गर्ने मौका पाएका थिए । तर उनले पोस्ट बाहिर प्रहार गरे । बललाई सही दिशा दिन सकेनन् ।

१९ औं मिनेटमा क्यामरुनका पिएरे कुन्डेले प्रहार गरेको बललाई सर्बियाका गोलकिपर भान्जा मिलिकोन्भिचले पञ्च गरेर सानदार बचाउ गरे । ४२ औं मिनेटमा पुनः कुन्डेले प्रहार गरेको बललाई गोलकिपर मिलिकोन्भिचले पुनः रोके । २९ औं मिनेटमा जिन चाल्र्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई १–० को सुरुवाती अग्रता दिलाए । कर्नरबाट प्राप्त बललाई तयारी अवस्थामा रहेका उनले सजिलै ‘ट्यापिङ’ गरेर गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा सर्बियाले खेल बराबरी गर्यो । सर्बियाका लागि स्ट्राहिन्जा पाब्लोभिचले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । डुसान टाडिचले फ्रिकिकबाट प्रहार गरेको बललाई हेडरमार्फत उनले सानदार गोल गरे ।

यस्तै, इन्जुरी समयको ४५+३ मिनेटमा मिलिन्कोभिच सेभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए । डि–बक्स भित्रबाट उनले क्यामरुनका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे । ५३ औं मिनेटमा मित्रोभिचले गोल गर्दै सर्बियालाई ३–१ को अग्रता दिलाए । डुसान टाडिचले उपलब्ध गराएको पासलाई उनले खेर जान दिएनन् ।

६३ औं मिनेटमा भिन्सेन्ट अबुबाकारले गोल गर्दै क्यामरुनलाई २–३ को स्थितीमा ल्याए । उनले सर्बियाका गोलकिपर अगाडि आएको अवस्थामा ‘चिप’ गोल गरे । ६६ औं मिनेटमा एरिक माक्सिम मोटिङले गोल गर्दै क्यामरुनलाई ३–३ को बराबरीमा ल्याए ।

७६ औं मिनेटमा सर्बियाका मित्रोभिचले गोल गर्ने अवसर गुमाए । उनले प्रहार गरेको बललाई क्यामरुनका गोलकिपर डेभिस इपासेले विफल पारे । ८८ औं मिनेटमा सर्बियाका फिलिप कोस्टिचले प्रहार गरेको बल सिधा क्यामरुनका किपर इपासेको हातमा पुग्यो । बराबरीसँगै दुई खेलबाट एक–एक अंक जोडेका क्यामरुन अंकतालिको तेस्रो स्थानमा र सर्बिया पुछारमा रहेको छ ।