३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शरीरमा पानी कम हुँदा देखापर्ने सक्छ्न् यस्ता ११ लक्षणहरु, कतै तपाइलाई त देखिएको छैन ?

शरीरमा पानी कम हुँदा देखापर्ने सक्छ्न् यस्ता ११ लक्षणहरु, कतै तपाइलाई त देखिएको छैन ?
अ+ अ-

काठमाडौं । हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ । पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टी पनि एक्ट्रासेलुलार फूलईड (कोष बाहिरको तरल) को रुपमा पानी नै छ । हड्डी जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा ७२ प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत पानी छ भने सम्पूर्ण शरीरमा ७० प्रतिशत पानी छ ।

हामीले पर्याप्त पानी पिइरहेका छौं वा छैनौं भनेर पर्याप्त पानी नपिउँदा उत्पन्न हुने केही शारीरिक एवम् मानसिक चिन्ह एवम् लक्षणहरुको जानकारी हुन आवश्यक छ । यी चिन्ह एवम् लक्षणहरुको ज्ञात हुन सके आफुले पानी पर्याप्त पिएको, नपिएको बेलैमा जाँच गरी तत्काल पानी पिउन सकिन्छ । पानी पर्याप्त नपिउँदा देखा पर्ने चिन्ह एवम् लक्षणहरु निम्न लिखित छन् ।

१) मुख सुक्नेः शरीरमा पानी कम भएको मूख्य लक्षण भनेको मुख सुक्नु हो । शरीरमा पानीको मात्रा कम भएपछि र्‍याल ग्रन्थिले पर्याप्त र्‍याल बनाउन सक्दैन र फलतः मुख एवम् घाँटी सुक्दछ । बारबार मुख एवम् घाँटी सुक्न थाल्यो भने यो समस्या निर्जलीकरणले गर्दा हो भन्ने बुझेर तुरुन्त पानी पिउनु पर्दछ तर पानीको पूर्ती नुन चिनी हालिएको एवम् कार्बोनेटेड पेयले गर्न सक्दैन । यस्ता पेय पिउँदा झन् जल–अल्पता बढ्दछ । यसर्थ तिर्खा लागेको बेलामा पानी पिएर नै तिर्खा मेट्नुपर्दछ ।

२) छाला सुख्खा हुनेः शरीरमा जल–अल्पता बढ्दै गएपछि छालामा रक्त प्रवाह गर्ने रक्तनलीहरु संकुचित भई छालाबाट हुने पानीको क्षय रोकिएर छालाको ओसिलोपन नाश हुन पुग्दछ । यस्तो अवस्थामा छाला सुख्खा हुने, चाउरिने, फुस्रो हुने, झुल्लिने र छालको प्राकृतिक चमक नष्ट हुने गर्दछ ।

३) जोर्नी दुखाईः जोनी दुई हड्डीहरुको संगमलाई भनिन्छ । जोर्नीमा दुई हड्डीहरुलाई आपसमा बाँधेर राख्ने लिगामेन्टहरु हुन्छन् भने सन्धि स्थानमा कार्टिलज नामक कोमल तन्तुहरु पनि हुन्छन् । लिगामेण्ट एवम् कार्टिलेज जस्ता कोमल तन्तुहरुमा पनि ७० देखि ८० प्रतिशत पानी रहेको हुन्छ । यी तन्तुहरुलाई निर्वाध कार्यरत रहनका लागि पर्याप्त पानी भइरहनु पर्दछ । शरीरमा पानीको अभाव भइरहेको खण्डमा यी तन्तुहरुमा हुने पानी कम भई तन्तुहरु विगठित हुन सक्छन् । फलतः जोर्नी दुख्ने, सुन्निने, लिगामेण्ट एवम् कार्टिलेजहरु खिइने र जोर्नी नै विकृत हुने जस्ता समस्याहरु देखा पर्दछन् । यद्यपि जोर्नीको स्वास्थ्यलाई खराब गर्ने धेरै तत्वहरु छन् र त्यसमध्ये आम एवम् वास्ता नगरिएको कारण कम पानीको सेवन पनि हो ।

४) पहेलो पिसाब आउनुः पिसाब स्वास्थ्यको दर्पण हो । पिसाबको रंगले स्वास्थ्यको धेरै आयामहरुको जानकारी दिन सक्छ र यसमध्ये पिसाबको रंगले शरीरमा पानी कम भए, नभएको विषयको पनि जानकारी दिने गर्दछ । यदि पिसाबको रंग पहेँलो हुँदै गयो भने मान्नुहोस् कि तपाईंको शरीरमा जलअल्पता सुरु भइसक्यो र तपाईंको शरीरले पिसाबबाट हुने जल विसर्जनलाई रोक्न थालिसक्यो । यसर्थ, हाम्रो शरीरमा हुने जल अल्पताको पहिलो चिन्हको रुपमा पहेलो पिसाबलाई लिन सकिन्छ । साधारणतया मान्छेको पिसाब हल्का पहेलो रंगको हुन्छ तर पिसाब गाढा पहेलो हुँदै गयो भने मान्नुस् कि यो जल अल्पताको लक्षण हो ।

५) पिसाबको मात्रा कम हुनुः नियमित रुपमा पानी पिइरहने व्यक्तिले नियमित रुपमा पिसाब फेरि पनि रहने गर्दछ तर शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पिसाबको मात्रा र नियमितिता पनि कम हुने गर्दछ । साधारणतया एउटा स्वस्थ व्यक्तिले ६ देखि ७ चोटी सम्म पिसाब फेर्ने गर्दछ तर दैनिक ६, ७ चोटी भन्दा कम पिसाब फेरिएमा यो जल अल्पताको प्रारम्भिक चिन्ह हुनसक्छ ।

६) कब्जियतः मल विसर्जनको नियमितता अत्यन्त कम भई दैनिक एकपल्ट सम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ । उसै त कब्जियत अनेकौं कारणले हुने गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा पनि कब्जियतका लक्षणहरु देखा पर्ने गर्दछ । यसकारण पानी कम भएर कब्जियत भएको भए पानी पिएरै कब्जियत ठिक गर्न सकिन्छ र अन्य कारणबाट कब्जियत भएको भएपनि प्रशस्त पानी पिउँदा कब्जियत निवारणमा ठूलो टेवा पुर्‍याउँदछ ।

७) शारीरक एवम् मानसिक थकाइः शरीरमा पानीको मात्रा कम हुँदै गयो भने शरीरिक एवम् मानसिक थकानको महसुस हुने गर्दछ । तर सामान्यतया हामी शारीरिक एवम् मानसिक थकान भएको खण्डमा चिया कफी वा कार्बोनेटेड ड्रिङ्क पिउने गर्दछौं । यसो गर्दा एकछिन पुनः ताजगीको अनुभव त हुन्छ तर शरीरमा भएको जलअल्पता पुनः बढ्दछ र केही क्षणपश्चात् झन् धेरै थकाइ लाग्न थाल्दछ । यसकारण जब हामीलाई शारीरिक एवम् मासिक थकाइको अनुभव हुन्छ । त्यस अवस्थामा पानी पिउने गरौं ।

८) टाउको दुख्नेः बेला बेलामा टाउको चडक्क चड्कने वा दुख्ने समस्या शरीरमा पानीको मात्रा कम हुनाले भएको पनि हुन सक्दछ । सामान्यतया नियमित रुपमा टाउको दुखिरहने समस्या भएमा नियमित विनाकारण पानी पिएर यस समस्याको निराकरण गर्न सकिन्छ । यस्तो अवस्थामा जडीबुटीको चिया, मोही, मह, कागती, पानी, प्राकृतिक तत्वहरुद्वारा निर्मित सर्बत वा फलको रस पिउँदा झनै उत्तम हुन्छ । तर टाउको दुखाइको निहुँमा चिया कफी या कार्बोनेटेड डिङ्क वा चिनी हालिएका ड्रिङ्कस पिउँदा जलअल्पता झनै बढ्न गई समस्या पुनः थपिन सक्छ ।

९) पाचन सम्बन्धी समस्याः नियमित रुपमा पाचन समस्याबाट ग्रस्त भइरहनु भएको छ र पानी पनि पर्याप्त मात्रामा पिउनु हुन्न भने तपाईंको पाचन समस्या जल अल्पताको कारणले हुन सक्दछ । पाचन सुचारु हुन चाहिने पर्याप्त पानी नपिउँदा विशेषगरी अम्लपित्त, अपच, अजीर्णता, पेट फुल्ने दुख्ने ढ्याउढ्याउ आउने जस्ता समस्या देखिन सक्दछ । यसको अलावा ग्यास्ट्रिक, कब्जियत, अपान वायुको वृद्घि र ढ्याउढ्याउ आउने जस्ता समस्याहरु पनि जल अल्पताकै कारणले हुने गर्दछ ।

१०) कमजोर प्रतिरक्षा प्रणालीः हाम्रो शरीरमा रोग एवम् किटाणुहरुसँग लड्नको लागि प्रतिरक्षा प्रणालीको व्यवस्था छ । प्रतिरक्षा प्रणाली सशक्त भएको खण्डमा शरीरले धेरै रोगविरुद्ध शसक्त ढङ्गले लडेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा शरीरबाट निष्कासित भएर जानुपर्ने विजातीय द्रव्यहरु विसर्जन हुन नसक्दा शरीरमा विष सञ्चय हुन पुग्दछ । फलतः यी विजातीय द्रव्यहरुको संकलनले प्रतिरक्षा प्रणालीको स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्दछ ।

११) कान्ति क्षयः शरीरमा पानी कम भएको खण्डमा व्याक्तिको कान्ती एवं तेज पनि कम हुने गर्दछ । यदि कसैलाई शरीरमा कम उर्जाको महसुस हुन थाल्यो भने यसको कारण जल अल्पता पनि हुन सक्दछ । (एजेन्सीका सहयोगमा)