२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा कडा लकडाउन विरूद्ध सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन



अ+ अ-

एजेन्सी । चीनमा शून्य कोभिड नीतिको विरोधमा जनता सडकमा उत्रिएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले १३ वटा प्रमुख सहरमा पुगेको छ ।

उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए ।

प्रदर्शनका क्रममा जनताले लकडाउन हटाएर स्वतन्त्रता दिनुपर्ने भन्दै नारा लगाएका छन् । आन्दोलनकारीले भने– ‘हामी प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहन्छौं । हामीलाई हाम्रो स्वतन्त्रता दिनुहोस् ।’ जनताले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागिरहेका छन् ।

चीनमा कोरोना लगातार बढिरहेको छ । गत नोभेम्बर २७ मा ४० हजार कोरोना संक्रमित भेटिएका थिए । यो अहिलेसम्मकै ठूलो संख्या हो । अहिले चीनमा सक्रिय संक्रमितको संख्या ३ लाख नाघेको छ । जसका कारण सी जिनपिङ सरकारले धेरै प्रतिबन्ध लगाएको छ ।

कडा लकडाउनका कारण ६६ लाख मानिस घरमै थुनिएका छन् । यी मानिसहरू खाद्यान्नको लागि बाहिर निस्कन समेत पाएका छैनन् । दैनिक कोभिड परीक्षणका कारण आक्रोश पनि बढ्दै गएको छ । सरकारको आचारसंहिता पालना नगर्नेलाई कडा कारबाही भइरहेको छ ।




भर्खरै