१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सरकार बने श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार पुग्छः उपमहासचिव रिमाल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताउनुभएको छ ।

आईतवार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने बताउनुभएको हो ।

उहाँले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउन आन्दोलन गर्ने बताउनु भयो । उहाँले निर्वाचनको मतगणना भइरहेको उल्लेख गर्दै चार, पाँच वटा सिटले मात्रै काँग्रेस र एमालेबीच पहिलो र दोस्रो शक्ति हुने बताउनु भयो । उपमहासचिव रिमालले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चुनाव सकिँदैछ । हाम्रो पार्टी नम्बर एक पार्टी बन्ने वा नबस्ने दोसाँधमा छ । चार, पाँचवटा सिट हार, जितले हामी दोस्रो बन्ने कि पहिलो बन्ने भन्ने तय हुँदैछ । पपुलर भोटमा त हामी नम्बर एक हुन्छौँ । यसमा कुनै शंका छैन । अहिले पनि हामीलाई २२, २३ लाख भन्दा बढी पपुलर भोट प्राप्त भइसकेको छ । केही लाख बढ्नेवाला छन् ।’

‘सायद ३०, ३२ लाख पुग्ला जस्तो लाग्छ मलाई । हिसाव त्यही होला । हामी सेकेण्ड हौला वा जे भएपनि यदी हामी सत्ताको बागडोर सम्हाल्ने तहमा पुग्यौँ भने हामीले श्रमिकहरुको अगाडी गरेको कबुल २५ हजार न्युनतम ज्याला पु¥याउने अभियानले मूर्तता निश्चित रुपमा पाउँछ । यदी सरकारमा भएनौँ भने २५ हजार हाम्रो पाँच वर्षको अभियान जुन छ, त्यसलाई पूरा गर्नको लागि श्रम आन्दोलनलाई साथ दिन एमाले तपाईहरुको साथमा रहन्छ ।’

उहाँले आफूहरु सरकारमा रहेमा औपचारिक क्षेत्रका सतप्रतिशत श्रमिकहरुलाई सामाजिक सुरक्षामा ल्याउने बताउनु भयो । पाँच वर्ष भित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उहाँको भनाई छ । सामाजिक सुरक्षा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका लागि भएकाले दुवै क्षेत्रमा बराबरी रुपमा लागू हुनेपर्ने उहाँले बताउनु भयो ।

उहाँले सामाजिक सुरक्षा केवल श्रमिकहरुका लागि मात्रै नभई व्यवसायि र सरकारको लागि पनि भएको स्पष्ट पार्नुभयो । व्यवसायिहरु सामाजिक सुरक्षामा जोडिनु श्रम बजारलाई सुन्दर बनाउनु भएको उहाँको भनाई छ ।