५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका विकासका अपेक्षा पूरा गर्छुः उपाध्यक्ष पौडेल



अ+ अ-

रुपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा निर्वाचित भएसँगै राससलाई दिनुभएको प्रतिक्रियामा उहाँले भन्नुभयो, “रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।”

उहाँले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र सँगैसँगै सिङ्गो रुपन्देही जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पौडेलले रुपन्देहीलाई विकासको नमुनाका रुपमा विकास गर्ने बताउँदै आउनुभएको छ ।

उहाँले आफू अर्थमन्त्री भएका बेला विविध आयोजनाहरुसहित रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेको पनि उल्लेख गर्नुभयो ।

“हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ”, उहाँले बताउनुभयो ।

निर्वाचित भएसँगै राससलाई दिनुभएको प्रतिक्रियामा उहाँले भन्नुभयो, “हामीले सुरु गरेका केही ठूला राष्ट्रिय महत्वका आयोजना पूरा गर्नुपर्ने दायित्व छ, केही प्रतिबद्धता गरेअनुसारका आयोजना सुरु गर्नुपर्नेछ । निर्माण भएका भौतिक पूर्वाधारको सञ्चालन र व्यवस्थापनसँगै मानवीय विकास र क्षमता अभिवृद्धिका काम गर्नुपर्नेछ, ती सबै काम गर्ने जिम्मेवारीसहित यहाँका मतदाताले हामीलाई अनुमोदन गरेका छन् ।”

हिलो पटक विसं २०५१ को संसदीय चुनावमा पाल्पा क्षेत्र नं नं ३ बाट विजयी उहाँ विसं २०७० को दोस्रो संविधानसभा चुनावमा रुपन्देहीबाट निर्वाचित हुनुभएको थियो । यसअघि विसं २०७४ को संसदीय निर्वाचनमा पनि उहाँ रुपन्देही क्षेत्र नं २ बाट नै निर्वाचचित हुनुभएको थियो । उहाँले अर्थ, गृहलगायतका मन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ ।

नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीको एकता भई नेकपा बनेपछि नेकपाको महासचिवको जिम्मेवारीमा रहेर पनि काम गर्नुभएको थियो ।