७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा छ पदमा गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक–एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई–दुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । निर्वाचित माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मत अन्तरले विजयी हुनुभएको हो ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १६ हजार एक सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुशीलकुमार खड्काको ११ हजार तीन सय ५० मत आएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश–२ तर्फ कांग्रेसका उम्मेदवार रमेशकुमार महत १३ हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठको ११ हजार आठ सय ३१ मत प्राप्त भएको छ ।

क्षेत्र नं २
नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी भन्दा केसीको ११ हजार छ सय २० मत बढी छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार दोस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत र तेस्रो स्थानमा रहनुभएका एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गर्नुभयो ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गाना १२ हजार एक सय १० मत ल्याएर विजयी हुनुभयो । ढुङ्गानाका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशवराज पाण्डेको ११ हजार छ सय ६२ मत प्राप्त भएको छ ।

नुवाकोट–२ को प्रदेश–२ मा १७ हजार दुई सय ४९ मत ल्याएर कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयसिंह लामा (तामाङ)ले नौ हजार एक सय २४ मत प्राप्त गर्नुभएको छ । नुवाकोटमा रहेको कूल दुई लाख ३९ हजार सात सय २६ जना मतदातामध्ये क्षेत्र नं १ मा ६३ हजार पाँच सय ८४ र क्षेत्र नं २ मा ६७ हजार चार जना मतदाताले सहभागिता जनाएका थिए ।