२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः इरानले वेल्सलाई हरायो



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा इरानले पहिलो जित निकालेको छ । शुक्रबार अहमद बिन अलि स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई इरानले २–० गोल अन्तरले हराएको हो ।

इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक–एक गोल गरे । इरानले दुबै गोल खेलको इन्जुरी समयमा गरेको हो । खेलको ९८ औं मिनेटमा चेस्मीले तथा १०१ औं मिनेटमा रामिनले गोल गरे । खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटिन पुग्यो ।

इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

जितसँगै इरानले समूह ‘बी’मा २ खेलमा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । वेल्स समान खेलबाट १ अंकसहित पुछारमा छ । यस्तै, १ खेलमा ३ अंकसहित इंग्ल्याण्ड शीर्षस्थानमा रहँदा १ खेलबाटै १ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ ।