१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा राष्ट्रिय पार्टी बन्यो, समानुपातिकमा तीन लाख मत ‘क्रस’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा तीन लाख मत कटाएसँगै राप्रपा राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।

राष्ट्रिय पार्टी बन्न सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । आधाभन्दा धेरै मतगणना हुन बाँकी रहँदा नै राप्रपाले ३ लाख मत कटाएको हो । समग्रमा पाँचौँ स्थानमा रहेको राप्रपाले ३ लाख ३ हजार ३१२ मत ल्याएको छ ।

नेकपा एमाले १२६५३४६ मतसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपाली कांग्रेसलाई ११९३३७९ मत प्राप्त भएको छ । यस्तै तेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले ५८६५१८ मत ल्याउँदा चौथो स्थानको माओवादी केन्द्रले ५४५१९९ मत ल्याएको छ । यी पाँच पार्टीबाहेक अन्य राष्ट्रिय पार्टी बन्ने सम्भावना न्युन छ ।

२०७४ मा प्रत्यक्षतर्फ एक सिट मात्र जितेपनि तीन प्रतिशत मत नपाएको राप्रपा राष्ट्रिय पार्टी बन्न सकेको थिएन । अहिले मतगणना जारी छ ।




भर्खरै