९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेले लिए प्रमाणपत्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन आयोगबाट प्रमाणपत्र लिएका छन् ।

चितवन निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृतले उनलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र प्रदान गरेका हुन् ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट लामिछाने भारी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई २३ हजार ३१२ मतान्तरले पराजित गरेका हुन् ।

लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा श्रेष्ठले १४ हजार ९८८ मत मात्र पाए ।