• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

रुपन्देहीः राप्रपाका बोहराभन्दा गृह मन्त्री खाँण ४ सय ७३ मतले पछाडि



काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता बनाइराखेको छ ।

गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई राप्रपाका दीपक बोहराले ४ सय ७३ मतले पछि पारेका हुन् ।

निर्वाचन आयोगका अनुसार राप्रपाका बोहराले २७ हजार ६ सय ३१ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका खाँणले २७ हजार १ सय ५८ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेलीले ४ हजार ८ सय ८६ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले ३ हजार २ सय ६९ मत पाएका छन् ।