• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

रुपन्देही–३ मा राप्रपाका दीपक बोहराको अग्रता, गृहमन्त्री खाण पछ्याउँदै



file

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराले अग्रता बनाउनुभएको छ । उहाँले नेपाली कांग्रेसका बालकृष्ण खाणसँग ४७३ मतले अग्रता बनाउनुभएको छ ।

प्राप्त पछिल्लो मतगणनाअनुसार बोहराले २७ हजार ६३१ मत पाउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री खाणले २७ हजार १५८ मत प्राप्त गर्नुभएको छ । अब करिब १८ हजार मत गन्न बाँकी रहेको बताइएको छ ।

अन्य उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ र नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु तीन हजार २६९ मत पाउनुभएको छ । त्यस्तै हाम्रो नेपाली पार्टीका प्रअयात बन्जाडेलाई एक हजार २११ मत आएको छ ।