२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकमा एमालेको १० लाख कट्यो



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिकतर्फ १० लाखभन्दा बढी मत पाएको छ ।

मतगणनाको पछिल्लो मतपरिणाम अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको निर्वाचन आयोगले बताएको छ ।

दोस्रो स्थानमा ९ लाख ७० हजार ८७७ मतसहित नेपाली कांग्रेस रहेको छ भने तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र ४ लाख ४६ हजार ५९४ मतसहित चौथोमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

त्यसैगरी, जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत पाएको छ । जनमत पार्टीले ७७ हजार २५९ पायो भने नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत ल्याएको छ ।