६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा १ मा जसपाका प्रदीप यादव निर्वाचित



अ+ अ-

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव निर्वाचित भएका छन् ।

पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले २२ हजार ५ सय ३७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीले २० हजार ९ सय १७ मत पाए । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६५१ मत ल्याए भने लोसपाका नेता लक्ष्मणलाल कर्णले १ हजार ११७ मत पाए ।

२०७४ को निर्वाचनमा पनि यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला उनले २१ हजार १३२ मत ल्याएका थिए ।