५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

केलेबलाई पाँचौँ ओलम्पिक स्वर्ण

केलेबलाई पाँचौँ ओलम्पिक स्वर्ण
अ+ अ-

काठमाडौं । जापानमा जारी ओलम्पिक खेलकुदमा अमेरिकाले चीनसँगको स्वर्ण पदकको दुरीलाई घटाएको छ । अन्तिम दिन भएको पाँच स्पर्धामा अमेरिकाले तीन स्वर्ण पदक जित्यो । पुरुषको मेड्ली रिलेमा अमेरिका  नयाँ विश्व कीर्तिमान सहित स्वर्ण पदक जित्न सफल भएको छ  । सो स्पर्धामा बेलायतले  रजत तथा इटालीले कांस्य पदक जिते । 

अमेरिकाकै केलेब ड्रेसेलले ५० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जिते । उनको यो ओलम्पिकमा पाँचौँ स्वर्ण पदक हो । सो स्पर्धामा फ्रान्सका फ्लोरेन्स मालाउडुले रजत ब्राजिलका ब्रुनो फ्राटसले कांस्य पदक जिते । महिलाको ५० मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी अम्मा म्याककोनले स्वर्ण स्विडेनकी सहारा  जोर्सटमले रजत तथा डेनमार्क पेरेलीम ब्रुमले कांस्य पदक जिते । म्याककोनको यो चौथो ओलम्पिक स्वर्ण पदक हो । 

महिलाको मेड्ली रिलेमा पनि अस्ट्रेलियाले अमेरिकालाई हराउँदै स्वर्ण पदक जित्न सफल भयो ।  क्यानडाले कांस्य पदक जित्यो । 
पुरुष १५०० मिटरमा अमेरिकाका बबी फीन्केले स्वर्ण पदक जिते । सो स्पर्धामा युक्रेनका मिखायल रुमान्चुकले रजत तथा जर्मनीका फ्लोरेन्स उलबर्गले कांस्य पदक जिते । एथलेटिक्समा महिला सट पुटमा चीनकी गोग लीजाओले स्वर्ण,अमेरिकाकी राभेन सान्डर्सले रजत तथा न्युजील्यान्डकी भालेरी एडम्सले कास्य पदक जिते । 

आइतबार हुने एथलेटिक्सको महिला ट्रिपल जम्पमा भेनेजुएलाकी रोजास युलिमार बलियो दाबेदार रहेकी छिन् । पुरुष १सय मिटर  दौडमा टोमस ब्रोमेल बलियो दाबेदारको रूपमा हेरिए पनि हिट चरणमा आफ्नै हिटमा चौथो  भएर वेस्ट  लुजरको आधारमा उनी सेमिफाइनल प्रवेश गरे पछि यो अनुमानको बारे पनि धेरेको आशङ्का रहन थालेको छ । 
ब्याडमिन्टनको महिला एकलमा शीर्ष बरीयताकी चीनकी चेन यु फाइ र दोस्रो बरीयताकी चाइनिज  ताइपेइकी ताइ झु यींगका बिच खेल हुने छ । 

साइक्लिङको बिएम एक्स फ्रिस्टाइलमा महिला र पुरुषकै फाइनल  आइतबार हुने छ । डाइभिङको तीन मिटर स्प्रिङ बोर्डको फाइनल हुने छ । यस स्पर्धामा चीनको स्वर्ण पदक लगभग निश्चित मानिएको छ ।  फेन्सिङमा पुरुष टिम  फोइलको पदकको टुङ्गो आइतबार नै लाग्ने छ । 

सेलिङमा महिला र पुरुषकै वान पर्सन डेन्हेको  पदकको टुङ्गो लाग्ने छ । टेनिसमा आइतबार तीन स्वर्ण पदकको टुङ्गो लाग्ने छ । महिला युगलमा चेक गणतन्त्रका क्रेजीकोभा र साइनाकोभाको बिचमा खेल हुने छ । पुरुष एकलमा जर्मनीका अलेक्जेन्डर जाभेरेभ र रुस अ‍ोलिम्पक कमिटीका खाचेनीकोभ कारेनको बिचमा खेल हुने छ ।  मिश्रित युगलमा दुई रुसी जोडी फाइनलमा प्रवेश गरेका छन्  । 

भारोत्तोलनको ७६ किलोको स्पर्धा हुने छ । इक्वेडरकी डोल्मेस बारिया यस खेलको महत्त्वपूर्ण खेलाडीको रूपमा रहेकी छिन्  । अहिले चीनको २२ तथा अमेरिकाको १९ स्वर्ण पदक रहे पनि साँझसम्म यो अन्तर बढ्ने सक्ने सम्भावना प्रबल छ ।