२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की–३ (१) मा एमाले उम्मेदवार गुरुङ विजयी



अ+ अ-

पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (१) मा नेकपा (एमाले)का उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको परिणामअनुसार १४ हजार ४७३ मत ल्याई गुरुङ विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारीले ९ हजार ६६२ मत पाउनु भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्की ३ (१)मा प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा एमालेका दामोदर पौडेल वैरागीले अग्रता लिनुभएको छ ।