३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आँखामा यी संकेत देखिए हुनसक्छ यस्तो समस्या, जान्नुहोस्

आँखामा यी संकेत देखिए हुनसक्छ यस्तो समस्या, जान्नुहोस्
अ+ अ-

काठमाडौं । आँखा चिलाउँदा धेरैको बानी हुन्छ हातले मिच्ने । हातले मिच्दा आँखा चिलाउने मात्र हैन, आँखा रातो समेत हुने गर्छ। अझ हात फोहोर छ भने त त्यसले आँखामा विभिन्न किसिमका संक्रमण निम्त्याउन सक्छ। त्यसैले त चिकित्सकहरू सकेसम्म आँखा नमिच्न, हात नलगाउन तथा नकन्याउन सुझाव दिने गर्छन् ।

त्यो सुझावलाई हामी मनन पनि गर्छौं । तैपनि कहिलेकाही धुलोधूवाँ, प्रदूषण तथा विभिन्न एलर्जीका कारण आँखा यसरी चिलाउँछ कि हाम्रो हात स्वतः आँखामा पुग्ने गर्छ । परिणामस्वरूप आँखा पोल्ने, आँखा रातो हुने तथा आँखा सुन्निने गर्दछ ।

यी लक्षण देखिएमा हुनसक्छ आँखामा यी समस्या:

आँखा रातो हुनेः यो सबभन्दा सामान्य लक्षण हो । यो आँखामा श्वेतपटल, इपिस्क्लेरा र सिलियरी रक्तनलीहरुको तातोपन र रातोपन हुन्छ । यो संक्रमण पोल्ने, सूजन, चोटपटक, ट्युमर आँखाभित्रको चाप बढेमा हुन्छ ।

दुखाईः आँखामा चोट पटक, रसायपिक यान्त्रिक,शारीरिक संक्रमण, सूजन वा आँखाको भित्री चाप बढेमा हुन्छ । आँखामा कसेर पसेमा , कर्नियामा चोटपटक भएमा ग्लाउकोमामा पनि पीडा हुन्छ ।

आँखा च्रिपा लाग्नुः धेरैजसो ब्याक्टेरिया र भाइरस इन्फेक्सनबाट आँखा पाक्छ। पीप बाक्लो भएमा ब्याक्टेरियल र पानी जस्तो आँसु बगेमा भाइरल हो भन्ने अनुमान गर्नुपदछ। भाइरसबाट आँखा पाकेमा उज्यालोबाट आँखा तर्सिने, पोल्ने हुन्छ। आँसु बग्ने नली अवरोध भएमा पनि आँसु बगिरहन्छ। एलर्जीबाट आँखा पाकेमा धेरैजसो आँखा चिलाउछ।

आँखालाई बल पर्नेः लामो अवधिसम्म पढ्नु, धेरै बेरसम्म लगातार टिभी हेरेमा, बन्द कोठामा बसेमा वा कम्युटरमा लामो समयसम्म लगातार काम गरेमा आँखामा बल पर्छ। चश्माको शक्ति नमिलेमा, पढ्दा उज्यलो नपुगेमा, काम गर्दा असजिलो वातावरण भएमा पनि आँखालाई बल पर्छ। कहिले बल गरेर टाढाको हेर्ने, आँखालाई बल गर्छ। कहिले बल गरेर टाढाको हेर्ने, आँखाले नठम्याउने किसिमले सिउने, सुईटर बुन्ने आदिमा नि आँखालाई बल पर्छ।

उज्यालोदेखि आँखा तर्सिनेः कर्नियाको सूजन, एफाकिया, आइराइटिस र आँखाको अल्विनिज्ममा हुन्छ। सामान्य रुपमा धेरै रुवा,इन्पल्युएञ्जा भाइरल ज्वरोमा पनि आँखाले हेने गाहो हुन्छ।

आँखाको अगाडि भिल्को देखिनुः यो virtuous opacities मा देखिने हो तर यसले खास मतलब राख्दैन । कहिलेकाहीँ भिल्को देखिएमा retinal detachment and posterior uveitis भएको संका गर्नुपर्दछ ।

टाउको दुख्नेः आँखाको कारणले पनि टाउको दुख्छ तर आँखालाई बल पर्ने काम गरेमा वा चश्माको पावर नमिलेमा पनि टाउको दुख्छ ।

दोबर दृष्टिः आँखाका मांसपेशीहरुको आघात वा रक्तस्राव, सूजन चोटपटक वा केन्दीय स्नायू प्रणलीका तेस्रो चोथौ र छैटौ केन्द्रीय मस्तिष्क पक्षघात भएमा पनि दोब्बर दृष्टि देखिने गर्छ।

आँखा बेस्सरी चिलाए के गर्ने ?

आँखामा वरफ वा चिसो पानीले सेक्दा पनि चिलाउने समस्या कम हुने गर्छ। त्यस्तै, नरम कपडालाई पानीमा भिजाएर करिब २० मिनेटसम्म उक्त कपडालाई आँखामा राख्नाले पनि आँखा पोल्ने, चिलाउने, सुन्निने तथा रातो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ।

चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ। कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ।

– घाम, पानी, धुलो, धूवाँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ।

– आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ। त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन।

– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ।

– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ। (एजेन्सीको सहयोगमा)