४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर



दक्षिण कोरिया (फाइल तस्वीर)
अ+ अ-

सियोल । कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुन: सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । खोपका कारण कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ ।

दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो बर्षभन्दा २९।६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ । सन् १९५६ मा तथ्याङ्क सङ्कलन हुन थालेदेखि यता यो नै सबैभन्दा धेरै निर्यात भएको सरकारी अधिकारीले बताएका छन् । यस पहिले सेप्टेम्बर २०१७ मा दक्षिण कोरियाको निर्यात दरमा ५५.१२ अर्ब अमेरिकी डलर बराबरको वृद्धि भएको थियो । 

जुलाईमा आयात ३८.२ प्रतिशतले बढेर ५३.६७ अरब अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ । यसले गर्दा दक्षिण कोरियाको व्यापार बचत १.७७ अर्ब अमेरिकी डलर पुगेको छ । व्यापार सन्तुलनको अवस्थामा निरन्तर १५ महिनासम्म चिन्ताजनक रहेको थियो । दक्षिण कोरियामा लगातार चौथो महिना निर्यात दरमा २० प्रतिशतभन्दा बढी ले वृद्धि भएको छ भने गत वर्षको नोभेम्बरदेखि नौ महिनासम्म वृद्धिमा निरन्तरता कायम छ । 

यस वर्षको पहिलो सात महिनामा निर्यात ३५८.७ अर्ब अमेरिकी डलर बराबरको नयाँ उचाइमा पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २६।६ प्रतिशतको वृद्धि हो । (रासस-सिन्ह्वा)