६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी



अ+ अ-

अछाम । अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् ।

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।




भर्खरै