काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) स्थायी कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको बैठकाम उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनु भएको छ ।
नेता गौतम कुनै समय एमालेको बैठकमा र कुनै समय नेता माधबकुमार नेपाल समूहले बोलाएको बैठकमा सहभागी हुदै आउनु भएको छ ।
आजको बैठकमा केन्द्रीय बिभागहरुको पूर्णता, बिधान महाधिबेशको तयारी, पार्टी सदस्यता नविकरण र वितरण तथा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाईएको छ । आजको बैठकमा पनि नेता माधबकुमार नेपाल पक्षका नेताहरु सहभागी भएका छैनन् ।