२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीको बैठक जारी, उपाध्यक्ष गौतम पनि सहभागी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) स्थायी कमिटीको  बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको बैठकाम उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनु भएको छ । 

नेता गौतम कुनै समय एमालेको बैठकमा  र कुनै समय नेता माधबकुमार नेपाल समूहले बोलाएको बैठकमा सहभागी हुदै आउनु भएको छ ।

आजको बैठकमा केन्द्रीय बिभागहरुको पूर्णता, बिधान महाधिबेशको तयारी, पार्टी सदस्यता नविकरण र वितरण तथा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाईएको छ । आजको बैठकमा पनि नेता माधबकुमार नेपाल पक्षका नेताहरु सहभागी भएका छैनन् ।