२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् एमाले स्थायी कमिटीको बैठकले गरेका निर्णयहरु



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले साउन २४ गते एमाले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।  आइतबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको बैठकले देशभरका सबै पालिकास्तरमा आउँदो असोज ९ सम्म अधिवेशन गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम पनि सहभागी रहेका थिए । नेपाल पक्ष सहभागी भने बैठकमा सहभागी भएको थिएन ।

स्थायी कमिटीको बैठक सोमबार ३ बजे पुनस् बस्ने उनले बताए ।