• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

म्याग्दीमा मतगणना जारीः कांग्रेसका गर्बुजाको अग्रता



बेनी । म्याग्दीमा आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ ।

सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना आज बिहान ५ः३० बजेसम्म धौलागिरि गाउँपालिका र मालिका गाउँपालिका–१ निस्कोटको गणना सम्पन्न भएको छ ।

पछिल्लो मत परिणामअन्तर्गत प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले तीन सय मतले अग्रता कायमै राख्नुभएको छ ।

निस्कोटको मतगणना गरिसक्दा गर्बुजाले तीन हजार एक सय ९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले दुई हजार आठसय ९६ मत प्राप्त गरेर गर्बुजालाई पछ्याइ रहनुभएको छ ।

त्यसैगरी प्रदेशसभा (२) को पनि मतगणना जारी रहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार गठबन्धनका तर्फबाट नेकपामा ओवादीका रेशम जुग्जाली (सुविन)ले दुई हजार नौ सय ८२ र र नेकपा (एमाले)का यामबहादुर गर्बुजाले तीन हजार १० मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जुग्जालीले २८ मतले अग्रता कायम गर्नुभएको छ । जिल्लाभरि ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट मतगणना सुरु गरिएको छ ।