५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसका टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित



अ+ अ-

मनाङ: नेपाली काँग्रेसका टेकबहादुर गुरुङ मनाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । यो सहित काँग्रेसले दुई स्थानमा विजय हासिल गरेको छ । एक स्थान नेकपा एमालेले जितेको छ ।

गुरुङले ३२८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्नु भएको हो । काँग्रेसका गुरुङले २ हजार ५७५ मत प्राप्त गर्नु भएको थियो भने एमालेका गुरुङले २ हजार २४७ मत ल्याउनु भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ र प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्वाचित हुनु भएको छ ।

मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको थियो । कूल मतदाता ६ हजार ७७९ रहेकोमा ४ हजार ८४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।