७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक मतगणनामा काँग्रेसको शुरुआती अग्रता



अ+ अ-

काठमाडौंः प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्राप्त विवरण अनुसार, समानुपातिकको मतगणनामा नेपाली काँग्रेसले शुरुआती अग्रता बनाइरहेको छ । सोमबार राति ९ बजेसम्मको विवरणमा काँग्रेसले आठ हजार ७९८ मत प्राप्त गरिसकेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले सात हजार ६४३ मत पाएको छ ।

तेस्रो स्थानमा भने रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । यस दलले पाँच हजार ६४२ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र) ले चौथो स्थानमा रहँदै तीन हजार १९८ मत हासिल गरेको छ ।

त्यसैगरी, राप्रपाले दुई हजार १७२, नेमकिपाले ५९२, जनता समाजवादी पार्टीले ५८४, जनमत पार्टीले ५८३, एकीकृत समाजवादीले २९५ मत प्राप्त गरेका छन् ।