• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्काको अग्रता



उदयपुर । उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डा.नारायण खड्काले अग्रता लिनुभएको छ । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) मञ्जुकुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहनु भएको छ् ।

त्यसैगरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मतले तेस्रो स्थान लिएका छन् । चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा ७६ हजार सात सय ५६ मत खसेको छ । जिल्लाको क्षेत्र नं २ मा पनि मतगणना सुरु भएको छ ।रासस