९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी, २ मा राप्रपाका प्रधान अगाडि



अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिनुभएको छ ।

दुई हजार दुई सय मत गन्दा उद्योगपति चौधरी आठ सय ५३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले छ सय ३२ मत प्राप्त गर्नुभएको छ । चौधरी त्रिपाठीभन्दा दुई सय ८१ मतले अगाडि हुनुहुन्छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा हुनुहुन्छ । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ । रासस